बाग्मती द्वारा सुदुर पश्चिम् प्रदेश १८० रन ले पराजित

राजधानी मा जारी प्रधानमन्त्री कप क्रीकेट मा बाग्मती प्रदेश ले लगातार दोस्रो जित हात पारेको छ । आज उसले सुदुर पश्चिम् प्रदेश लाई १८० रन को फराकिलो अन्तर ले पराजित गर्यो । ३०० रन को बिजयी लक्ष्य लिएर मैदान उत्रिएको सुदुर पश्चिम् मात्र ११९ रन मा समेटियो ।

कुनै समय ५ रन मा ५ विकेट गुमाएर संकट मा परेको सुदुर पश्चिम् लाई अरुन साउद र किरन ठगुन्ना ले समालेका थिए । अरुण ले २८ बल मा ३१ रन बनाउदा किरण ले २४ रन बनाए यस्तै अन्तिम तिर ब्याटिङ गर्न आएका नारायण जोशी ले नट आउट ४४ रन बनाए पनि टिम को फराकिलो हार टार्न सकेनन ।

सुदुर पश्चिम् को टिम लाई सस्तैमा समेट्न बाग्मती का रामनरेश गिरी ले ४ विकेट लिए भने नन्दन यादब ले २ विकेट हात पारे । यस अघि टि यु क्रीकेट मैदानमा टस हारेर ब्याटिङ गरेको बाग्मती ले ५० ओभरमा २९९ रन को विशाल योगफल तयार गरेको थियो । उसका लागि ८४ रन बनाउने पृथु बास्कोटा म्यान अफ दि म्याच भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments