मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर ललित भण्डारीको अवस्थामा सामान्य सुधार
मोटरसाइकल दुर्घटनामा परि घाइते भएका राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर ललित सिंह भण्डारीलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ। उनलाई राति १२:३० बजे धनगढी निसर्ग अस्पतालबाट कोहलपुर मेडिकल कलेज लागिएको हो। नेपाल उनको अवस्थामा सामान्य सुधार आएको छ।

भण्डारीको खुट्टा, कम्मर र टाउकोमा चोट लागेको छ। निसर्ग अस्पतालमा उनको टाउकोको चोटको सिटि स्क्यान सम्भव नहुँदा उनलाई नेपालगंज रिफर गरिएको छ । नेपालगंजमा उपचार सम्भव नभएको खण्डमा हेलिकप्टरबाट काठमाडौँ लैजाने जानकारी गराएका छन्।
दुर्घटनामा घाइते भएका भण्डारीका भाइ नाता पर्ने करन ठगुन्नाको भने अवस्था सामान्य रहेको छ। मोटरसाइकल ललितले चलाएका थिए र करन पछाडी बसेका थिए। कंचनपुरको झलारी बजारमा भएको दुर्घटनामा भण्डारी चढेको मोटरसाइकल ट्रकसंग ठोकिएको थियो।
धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र भण्डारी चढेको म २ प ४७०५ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको थियो। घटना पछि ट्रक चालक फरार रहेका छन्। ट्रक भने प्रहरीले नियन्त्रणमा लिएको छ।

