चौथो टि २० मा अष्ट्रेलिया द्वारा न्युजिल्याण्ड पराजित
न्युजिल्याण्ड बिरुद्ध को चौथो टि २० मा अष्ट्रेलिया बिजयी भएको छ । १५७ रनको लक्ष्य लिएर मैदान मा उत्रिएको न्यु जिल्याण्ड १८.५ ओभरमा १०६ रन मै समेटियो । न्युजिल्यान्ड को लागि जेमिसन ले ३० रन तथा कोन्वे ले १७ रन बनाउनु बाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन । न्युजिल्याण्ड लाई सस्तैमा समेट्न अष्ट्रेलिया का केन रिचार्डसन ले ३ विकेट लिए भने एस्टोन अगर एडम जाम्पा र ग्लेन म्याक्स्वेल ले समान २/२ विकेट लिए । यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको अष्ट्रेलिया ले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । अष्ट्रेलिया को लागि कप्तान आरोन फिन्च ले ७९ रन को योगदान दिए भने मार्कोस स्टोनिस ले १९ म्याक्स्वेल ले १८ जोस फिलिपे ले १३ रन बनाए । चौथो खेल पाहुना टोलि अष्ट्रेलिया ले जितेसङै ५ खेल को सिरिज न्युजिल्याण्ड २- २ मा पुगेको छ । अब फाइनल खेल आइतबार हुने छ ।