दिल्ली शिर्ष स्थानमा, राजस्थान पराजित
इन्डियन प्रिमियर लिग(आईपिएल) मा दिल्लीले लगातार तेस्रो जित निकाल्ने क्रममा राजस्थान रोयल्सलाई ४६ रनले हराउदै शिर्ष स्थानमा उल्लिएको हो। शुक्रबार सरजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थान रोयल्सले टस जितेर दिल्लीलाई ब्याटिङको निम्तो दिएको थियो।

दिल्लीले पूरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १८४ रन बनायो। दिल्लिको लागि हेटमायर र मार्कुस स्टोनिसले राम्रो प्रदर्शन गरे। हेटमायरले सार्वधिक ४५ रन जोडे। उनले २४ बलमा ५ छ्क्का १ चौका प्रहार गरे। मार्कुस स्टोनिस ३० बलमा ४ चौकाको मद्दतमा ३९ रन बनाए।

राजस्थानको लागि जोफ्रा आर्चरले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। कार्तिक ट्यागी, एन्ड्रयु टाइ र राहुल टेवाटियाको नाममा पनि १-१ विकेट रह्यो। १८५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान १९.४ ओभरमा अलआउट हुदा १३८ रन मात्र जोड्न सक्यो।

राजस्थानको लागि यसश्वी जैसवाल र राहुल टेवाटियाले बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर जैसवाल ३६ बलमा २ छक्का र १ चौकाको मद्दतमा ३४ रन जोडेर आउट भए। यस्तै राहुलले २९ रनमा ३ चौका र २ छक्काको मद्दतमा ३८ रन जोडे।
दिल्लीको लागि कगिसो रबडाले ३.४ ओभर बलिङ गर्दै ३५ रन दिएर ३ विकेट लिए। रविचन्द्रन अश्विन,मार्कुस स्टोनिसले २-२ विकेट लिदा अनृच नोर्तिजे, हर्सल पटेल र अक्सर पटेलको नाममा १-१ विकेट रह्यो।
