ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरी लाई एडिडास को प्रायोजन

बिश्व बिख्यात ब्रान्ड एडिडास ले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई आगामी २ वर्षको लागि प्रायोजन गरेको छ । यसअघि एडिडास ले नेपाल का पूर्व कप्तान पारस खड्कालाई पनि प्रायोजन गरि सकेको छ ।

प्रायोजन बापत एडिडासले उनीहरूलाई २ वर्षको लागि क्रिकेटका सम्पुर्ण सामग्रीहरु प्रदान गर्ने छ । बिश्व क्रीकेट लिग २ को लागि हाल ओमन भ्रमण मा रहेका उनिहरुले नया प्रायोजन पाएका हुन । एडिडासले अस्ट्रेलियाका एलिसा पेरी , इंगल्याण्डका जोफ्रा आर्चर र टोम करान तथा भारतका रिषभ पंत, रोहित शर्मा, कुलदीप यादव लाई पनि प्रायोजन गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments