च्याम्पियन्स लिग अन्तिम १६ ‘ड्र’ सार्वजनिक,बार्सिलोना र पीएसजी भिड्दै

युईएफए च्याम्पियन्स लिग अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ ।

सोमबार बेलुकी सार्वजनिक भएको च्याम्पियन्स लिग ड्र मा स्पानिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को सामना गर्नेछ। बार्सिलोना र पीएसजी सन् २०१७ मा पनि अन्तिम १६ मा सँगै परेको थिए । जसमा पहिलो लेग पीएसजीले ४–० ले जितेको थियो भने दोस्रो लेगमा बार्सिलोनाले ६–१ ले जित हात पारेको थियो ।

प्रिमियर लिग च्याम्पियन लिभरपुलले आरबी लाइप्ज्गीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । अर्को ईंग्लिश कल्ब चेल्सीले स्पानिस क्लब एथलेटिको मड्रिडको सामना गर्नेछ।

यस्तै, साविक विजेता बार्यन म्युनिखले लाजियोसँग खेल्नेछ भने म्यान्चेस्टर सिटीले बोरुसिया मोन्चाङलादबाचसँग प्रतिस्पर्धा गर्नेछ । सिटीको प्रतिद्वन्द्वी मोन्चेन्ग्ग्लादबाच सन् १९७८ पछि पहिलो पटक अन्तिम १६ मा पुगेको हो ।

अन्तिम १६ मा को कससँग भिड्दैछन्

बोरुसिया मोन्चेग्लाद्बास भर्सेस म्यान्चेस्टर सिटी

लाजियो भर्सेस बार्यन म्युनिख

एट्लेटिको मड्रिड भर्सेस चेल्सी

आरबस् लाइप्ज्गी भर्सेस लिभरपुल

पोर्टो भर्सेस युभेन्ट्स

बार्सिलोना भर्सेस पीएसजी

सेभिल्ला भर्सेस बोरुसिया डर्टमन्ड

एट्लान्टा भर्सेस रियल मड्रिड

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments