कीर्तिमान का राजा सर्जियो रामोस
स्पेन तथा रियल म्याड्रीड का कप्तान सर्जियो रामोस स्पेन को लागि १७६ औ खेल खेल्दै युरोपेली देश बाट आफ्नो रास्ट्रीय टिम मा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान बराबरी गर्न सफल भएका छ्न।

रामोस ले हिजो भएको नेदरल्यान्डस विरुद्ध को खेलपछी उक्त एतिहासिक सफलता हात पारेका हुन।यसअघी यो रेकर्ड इटाली का महान गोल किपर जि.जि बुफोन को नाममा थियो।बुफोन ले पनि इटाली को नेसनल टिम बाट समान १७६ खेल खेलेका छ्न ।

सेन्टर ब्याक पोजिसन बाट खेल्ने ३४ वर्षिय रामोस ले सन २००५ मा चाइना विरुद्ध १८ बर्ष को उमेरमा स्पेन को रास्ट्रीय टिममा डेब्यु गरेका थिए ।यसबीच मा उनले स्पेन बाट २३ गोल समेत गरेका छ्न।

१५ बर्ष रास्ट्रीय टिम मा बिताइसकेका रामोस ले एउटा व्यावसायिक खेलाडी ले जित्न सक्ने सबै खालका उपाधी हरु जितिसकेका छ्न।
उनले स्पेन को नेसनल टिम बाट सन २०१० को बिश्व कप जित्नु को साथै सन २००८ र सन २०१२ मा गरि २ वटा युरोपियन कप समेत जितिसकेका छ्न।
