चेल्सी समूह बिजेता बन्दै अन्तिम सोर्ह मा

समूह इ तर्फ यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको चेल्सीले एफसी क्रास्नोडरसँग १-१ को बराबरी खेलेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा चेल्सीले बराबरी गोल फर्काएको हो ।

२४औं मिनेटमा रेमी काबेलाले क्रास्नोरलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा जोर्जिन्होले पेनाल्टीमार्फत चेल्सीका लागि बराबरी गोल फर्काए ।अर्को खेलमा स्पानिस क्लब सेभियाले फ्रेन्च क्लब रेन्सलाई ३-१ ले पराजित गरेको छ ।

सेभियाका लागि युसो एन नेस्रयीले दुई तथा युल्स उन्डेले एक गोल गरे । रेन्सका लागि जर्जिनिओ रुटले एक गोल फर्काए यो समूह बाट इङलिस क्लब चेल्सी १४ अंक जोड्दै समूह विजेता र सेभिया १३ अंकसहित समूह उपविजेता बनेर अन्तिम १६ मा पुगेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments