दीपेन्द्र सिंह ऐरीको कप्तानीमा कतार टि२० आई सिरिज
अधिकांस सिनियर खेलाडीहरुलाई आराम दिदै नेपाल क्रिकेट संघ (क्यान) ले कतार बिरुद्दको मैत्रीपुर्ण सिरिजको लागि १८ जना खेलाडी हरुलाइ बन्द प्रशिक्षणमा बोलाएको छ ।कतार दिवसको अवसरमा नेपाललाई कतारले तीन ट्वान्टी–२० खेल्न निम्तो दिएको थियो । नेपाल र कतारबीच फेब्रुअरी ९, १० र १२ मा ट्वान्टी–२० खेलको शृंखला हुँदै छ ।
प्रधानमन्त्री कपमा प्रभावशाली प्रदर्शन गर्ने खेलाडीहरु समेत सामेल गर्दै क्यान ले १८ जना खेलाडी लाई बन्द प्रशिक्षण मा बोलाएको हो । १८ जना खेलाडी हरु मा धेरै जस्तो युवा खेलाडी हरुलाइ मौका दिइएको छ ।

नियमित कप्तान ज्ञानेन्द्र मल्ल सुरुवाती १८ सदस्य टोलीमा छैनन् । तसर्थ कतार भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गर्ने भएका छन् ।अनुभवी ब्याट्सम्यान शरद भेषावकर, स्पिनर वसन्त रेग्मी, पारस खड्का, आरिफ शेख, सुशन भारी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी लगायतका अधिकांश पहिलो रोजाईका खेलाडी कतार भ्रमणमा जाने छैनन् ।

दीपेन्द्र भन्दा सिनियर खेलाडीमा विकेटकिपर विनोद भण्डारी, तीव्र गतिका बलर सोमपाल कामी र करण केसी भएपनि क्यानले उनलाईनै कप्तानी दिने भएको छ । दीपेन्द्रले उमेर समूहमा राष्ट्रिय टोलीको कप्तानी गरिसकेका छन् । दीपेन्द्रको कप्तानी सन् २०१७ को यू–१९ एसिया कपमा नेपालले इतिहासमै पहिलो पटक भारतलाई हराएको थियो । उनी उक्त खेलमा अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भएका थिए ।

दीपेन्द्रले पोखरा प्रिमियर लिगमा धनगढी ब्लुज, एभरेस्ट प्रिमियर लिगमा चितवन टाइगर्स र धनगढी प्रिमियर लिगमा सीवाईसी अत्तरियाको कप्तानी पनि सम्हालेका छन् । दीपन्द्रको कप्तानीमा अत्तरिया तेस्रो संस्करण डिपिएलको च्याम्पियन पनि बनेको थियो ।
पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीमा दीपेन्द्रको प्रदर्शन अपेक्षा अनुरुप रहेको छैन। दीपेन्द्रलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ। प्रधानमन्त्री कपमा पनि दीपेन्द्रको प्रदर्शन फितलो देखियो थियो। हालै नियुक्त अस्ट्रेलियन प्रशिक्षक डेव ह्वाटमोर कतार जाने छैनन् र उनी एकदिवसीय टोलीसँग काठमाडौंमै केन्द्रित हुनेछन् । कतार जाने टोली वसन्त शाहीले सम्हाल्नेछन् ।
कतार भ्रमणको लागि घोषणा भएको प्रारम्भिक टोलि यस्तो छ
बिनोद भण्डारी
सन्दिप जोरा
आसिफ शेख
कुशल भुर्तेल
सागर ढकाल
बिबेक यादब
सौरभ खनाल
भुवन कार्की
कुशल मल्ल
लोकेश बम
कमल सिंह ऐरी
अबिनाश बोहोरा
दिपेन्द्र सिंह ऐरी
पवन सराफ
कृष्ण कार्की
सोमपाल कामी
करण केसी
साहाब आलम