एकाएक जुर्मुराएको नेपाली क्रिकेट , एकदिवसिय मान्यता र अब का चुनौती
सधै मैदान बाहिर का गतिविधि ले गर्दा चर्चा मा आइरहेको नेपाली क्रिकेट यो हप्ता भने मैदान भित्र को प्रदर्शन ले गर्दा विशेष चर्चा मा रह्यो । आइसीसी बिश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत घरेलु भुमिमा खेलेको त्रिकोणात्मक सिरिज मा लगातार चार जित हात पार्न सफल भएपछि अहिले सिङ्गो देश फेरि एकपटक क्रिकेट मय भएको छ ।

सन २०१४ मा बाङ्लादेश मा सप्पन्न भएको टि ट्वान्टी बिश्वकप खेलेपछी बिस्तारै धर्मराएको नेपाली क्रिकेट सन २०१८ मा एकदिबसीय मान्यता पाएपछि एकाएक चर्चा मा आएको थियो , त्यस्तै गरि अहिले त्यसको पाच बर्ष पछि फेरि एकपटक सिङ्गो मुलुक क्रिकेट मय भएको छ । किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा सम्पन्न लिग टु अन्तर्गत नेपाल ले खेलेका सबै चार खेलमा जित हात पार्दै इतिहासमा नाम लेखाउन सफल भयो ।

सन २०१८ बाट सुरु भएको लिग टु सिरिज मा नेपाल ले पहिलोपटक सबै चार खेल जितेको हो । हरेक दृस्ठिकोण बाट नेपाल को लागि यो सिरिज ऐतिहासिक रह्यो । यो सिरिज मा भएका केही महत्त्वपूर्ण पक्ष लाई हामिले केलाउने प्रयास गरेका छौ ।

१. नाटकीय रुपमा सुधारिएको ब्याटिङ
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ बर्ष भैसक्दा पनि ब्याटिङ पक्ष नेपाली क्रिकेटको सबैभन्दा ठूलो समस्या रहदै आएको छ । तर यो सिरिज मा नेपाली ब्याटर ले गरेको ब्याटिङ लाई हेर्ने हो भने उक्त कुरा लाई गलत साबित गरिदिएको छ । त्रिकोणात्मक सिरिज हुन भन्दा केही हप्ता अघि मात्र नेपाल आएका नेपाल का नया प्रशिक्षक मोन्टी देशाइ को नेतृत्व मा नेपाल ले गज्जब को ब्याटिङ प्रस्तुत गर्यो ।

मध्य क्रमका ब्याटर आरिफ शेख लाई ज्वरो आएपछि टिम मा समाबेश नगरिएपछि नेपाल को ब्याटिङ मा झन ठूलो समस्या आउने अनुमान सबैको थियो तर नेपाली ब्याटर हरुले त्यसको कुनै संकेत सम्म दिएनन । यस त्रिकोणात्मक सिरिज मा नेपाल ले चार जित हार पार्दा सबै खेलमा बिपक्षी टिम ले दिएको लक्ष्य पूरा गरेको हो र नामिबिया ले दिएको २८५ रनको मजबुत लक्ष्य त नेपाल ले अहिलेसम्म पूरा गरेको सबैभन्दा ठुलो लक्ष्य थियो ।

स्कटल्याण्ड र नामिबिया तुलनात्मक रुपमा नेपाल भन्दा केही माथिल्लो स्तर का टिम हुन , त्यसैले उक्त टोलि विरुद्ध यस सिरिज मा नेपाल ले गरेको ब्याटिङ लाई चानचुने मान्न सकिदैन । यो सिरिज मा मध्यक्रम का ब्याटर सन्दिप जोरा बाहेक नेपाल का सबै ब्याट्सम्यान ले कम्तीमा एउटा अर्ध शतक हाने भने कुशल भुर्तेल को ब्याट बाट त शतक नै आयो ।

लगातार ३ खेलमा अनबरत रुपमा चम्केको नेपाल को ब्याटिङ अन्तिम खेलमा केही धर्मराएको जस्तो देखिए पनि कप्तान रोहित पौडेल को एकल प्रयास मा भए पनि नेपाल को जित सम्भब भयो । लामो समय सम्म राष्ट्रिय टिम बाहिर रहेका बायाँ हाते युबा ब्याटर कुशल मल्ल को आगमन ले पनि नेपाली ब्याटिङ लाइ ठूलो राहत दिएको हो ।

२. मोन्टी देशाइ को आगमन
भारतीय प्रशिक्षक मोन्टी देशाइ लाई नेपाल क्रिकेट संघ क्यान ले यो सिरिज सुरु हुन भन्दा केही दिन अगाडि मात्र प्रशिक्षक मा नियुक्त गरेको थियो । टेस्ट राष्ट्र बेस्ट इन्डिज को ब्याटिङ प्रशिक्षक र आइपिएल क्लब राजस्थान रोयल्स को प्रशिक्षक रहिसकेका देशाइ को एउटा भनाइ खुब चर्चित छ जुन हो “ह्याप्पी ड्रेसिङ रूम” अर्थात “सम्पुर्ण टिम मा भएका सदस्य बिच हुनुपर्ने सौहार्द पुर्ण एकता र स्वस्थ बाताबरण ” त्यसैले यस्ता भिजनरी कोच को आगमन नेपाली क्रिकेट को लागि निकै ठूलो सफलता हो ।

सन २०१२/१३ तिर १९ बर्ष मुनिको टिम को मेन्टर को रुपमा नेपाल आएका मोन्टी को नेतृत्व मा नेपाल को १९ बर्ष मुनिको टिम ले भारत को टिम लाई हराएको थियो । मोन्टी लामो समय देखि नेपाल को क्रिकेट लाई नजिक बाट नियाली रहेका ब्याक्ती मध्य एक हुन ।
त्यसैले उनको नेतृत्व मा नेपाल ले छोटो समय मै लोभलाग्दो ब्याटिङ प्रदर्शन गरे संगै नेपाल फ्यान हरु अहिले दङ्ग छ्न तर यति छोटो समयमै उनको परिक्षा लिन सक्ने बेला भैसकेको छैन । अब को केही दिनमै संयुक्त अरब इमिरेट्स मा सुरु हुने युएइ , पपुवा न्युगिनी र नेपाल सम्मीलित त्रिकोणिय सिरिज ले उनको प्रशिक्षण को वास्तविक परिक्षा हुने पक्का जस्तै छ ।

३. सन्दिप लामिछाने को दमदार कमब्याक
सन्दिप लामिछाने को लागि यो कमब्याक सिरिज मानसिक र शारीरिक रुपमा पक्कै सजिलो थिएन । ४ महिना भन्दा बढी प्रहरी हिरासतमा बिताएपछि अदालत बाट धरौटी मा रिहा भएका सन्दिप ले यो सिरिज अन्तर्गत ४ खेलमा १३ विकेट लिन सफल भए । नेपाल का लागि एकदिबसिय क्रिकेट मा सर्बाधिक विकेट उनकै नाममा रहेको छ नेपाल को ८३ ओडिआइ विकेट लिइ सकेका लामिछाने ले अब बाकी ८ खेलमा १७ विकेट लिए अन्तर्राष्ट्रिय एकदिबशिय क्रिकेट मा सर्बाधिक छिटो १०० विकेट लिने खेलाडी बन्ने छ्न ।

नामिबिया बिरुद्ध को पहिलो खेलमा थोरै महँगो साबित हुँदै ३ विकेट लिएका सन्दिप त्यसपछि का सबै खेलमा आफ्नो पुरानै लय मा फर्किए । किशोरी बलात्कार जस्तो जघन्य अपराध को आरोपमा ४ महीना सम्म प्रहरी को हिरासतमा बिताएका र एक दिन पनि अभ्यास गर्न नपाएका सन्दिप ले आफुले खेलेको पहिलो सिरिज मै यो किसिमको उच्च प्रदर्शन ले उनि निकै क्षमता वान खेलाडी हुन भनेर आफैले प्रमाणिात गरेका छ्न ।

अब नेपाल ले खेल्न बाकी ८ खेल मध्य ४ खेल युएइ मा खेल्ने छ । तर काठमाडौं जिल्ला अदालत ले सन्दिप लाइ बिदेश जान बाट रोक लगाएको कारण ले गर्दा उनले उक्त सिरिज गुमाउने पक्का जस्तै छ । यदि यस्तो भएको खण्ड मा नेपाल लाई ठूलो क्षती हुने पक्का छ ।

४. संकट मा रहेको एकदिबशिय मान्यता र अब को चुनौती
आइसीसी बिश्व क्रिकेट लिग टु अन्तर्गत २८ खेलमा २६ अङ् सहित तालिका को छैठौं स्थान मा रहेको नेपाल ले अब जम्मा ८ खेल खेल्न बाकी छ । उक्त आठ खेल मध्य ४ खेल बिदेशी भुमी र बाकी ४ खेल घरेलु मैदान मा खेल्ने छ । त्यसैले अहिलेसम्म को स्थिति हेर्दा नेपाल को अन्तर्राष्ट्रिय एकदिबसीय मान्यता जोगिने नजोगिने प्रष्ट भैसकेको छैन ।

बाकी रहेका ८ खेलमा ८ वटै मा जित निकालेको खन्ड मा नेपाल लिग टु तालिका को तेस्रो हुँदै सिधै बिश्वकप छनोट प्रतियोगिता मा छनोट हुने छ भने ८ मध्ये ५ खेल मात्र जितेको अबस्थामा पनि नेपाल ले कम्तीमा अर्को ४ बर्ष को लागि आफुले पाएको अन्तर्राष्ट्रिय एकदिबसिय मान्यता सुरक्षित गर्ने छ । तर हिज भर्खरै सकिएको सिरिज मा लिग टेबल को टप मा भएको स्कटल्याण्ड र तेस्रो स्थान मा रहेको नामिबिया विरुद्ध शत प्रतिशत जित निकालेको नेपाल को मनोबल अहिले निकै उच्च भएको छ ।

अब नेपाल खेल्न बाकी रहेको संयुक्त अरब इमिरेट्स र पपुवा न्युगिनी राष्ट्र हरु नेपाल कै लेभल का मान्न सकिन्छ त्यसैले टप ३ मा पुग्न नसके पनि कम्तीमा नेपाल ले आफ्नो अन्तर्राष्ट्रिय ओडिआइ मान्यता जोगाउने कुरा मा ठुलो आशा भने राख्न सकिन्छ । त्यस्तै किशोरी बलात्कार को आरोप लागेका सन्दिप लामिछाने चार खेल खेल्न संयुक्त अरब इमिरेट्स जाने नजाने कुरा ले पनि नेपाली क्रिकेट को अन्तर्राष्ट्रिय एकदिबसीय मान्यता रहने नरहने कुरामा ठूलो महत्त्व राख्ने कुरामा दुइमत छैन
