१५ बर्षपछि रियल म्याड्रीड छोड्दै सजियो रामोस

रियल मड्रिडका कप्तान सर्जियो रामोसले डेढ दशकपछि रियल म्याड्रीड छाड्ने भएका छन् । रियलले बुधबार डिफेण्डर रामोसले क्लब छाडेको पुष्टि गरेको छ ।

यस्तै बिहीबार पत्रकार सम्मेलन गर्दै रामोसको बिदाइ गर्ने कुरा रियलले जनाएको छ । त्यसपछि रामोस भर्चुअल कन्फ्रेन्समा उपस्थित हुनेछन् । सेन्टर ब्याक रामोसको रियलसँगको समझौता यही जुनको अन्त्यमा सकिँदैछ । र त्यसको २ साताअघि उनले क्लबले छाड्न लागेका हुन् ।
सन् २००५ मा १९ बर्ष को उमेरमा अर्को स्पेनिस क्लब सेभियाबाट रियल मड्रिड पुगेका रामोसले स्पेनिस राजधानी मा १६ वर्ष बिताए । रामोसले रियलका लागि ६७१ खेल खेल्दै १०१ गोल समेत गरेका छन् भने ४० असिस्ट गरेका छन् ।

यस्तै उनले ५ पटक ला लिगा र ४ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन् । साथै कोपा डेल रे २ पटक, क्लब विश्वकप र स्पानिस सुपर कप ४-४ पटक र यूईएफए सुपर कप ३ पटक जितेका छन् । अब उनी कुन क्लब जानेछ्न भन्ने कुरा अहिलेसम्म टुंगो लागेको नभएता पनि फ्रेन्च क्लब पिएसजी जान सक्ने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments