चेल्सीको १७ खेलको अपराजित यात्रा टुङियो, एभर्टन १-०ले बिजयी

चेल्सीको १७ खेलको अपराजित यात्रा टुङिएको छ। एभर्टन ले १–० को जीत निकल्दै चेल्सीको १७ खेलको अपराजित यात्रा टुङाएको हो।

खेलमा जिल्फी सिगर्डसनले २२ औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल निर्णायक बन्यो । एडोवार्ड मेन्डीले डोमिनिक काल्भर्ट लेविनलाई फल हानेपछि एभर्टनले पेनाल्टी पाएको थियो ।

त्यसपछि खेलमा फर्कन निकै प्रयास गरे पनि चेल्सीले सकेन । जोर्डन पिकफोर्डले चेल्सीको तीनवटा उत्कृष्ट प्रयासलाई विफल बनाए भने मेसन माउन्टको प्रहार पोष्टमा लागेको थियो ।

एर्भटनका लागि पनि रिचार्लिसनको दुईवटा प्रहार विफल बनेको थियो भने येरी मिनाले दुईवटा अवसर खेर फालेका थिए ।खेलपछि एभर्टनका म्यानेजर कार्लो एन्चेलोटीले स्टेडियमा अनुमति पाएका २ हजार समर्थकले खेलमा ठूलो प्रभाव पारेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments