इटालियन सुपर कप को उपाधी युभेन्टस लाइ

चिर प्रतिद्वन्दी नापोली लाई २-० ले हराउदै युभेन्टस ले इटालियन सुपर कप को उपाधी जितेको छ । युभेन्टस को जित मा कृस्टियानो रोनाल्डो र अल्भारो मोराटा ले एक एक गोल गरे । रोनाल्डो को यो ७६० औ ब्याक्तिगत गोल हो । खेल को ६४ औ मिनेटमा रोनाल्डो ले गोल गर्दै युभेन्टस लाई अग्रता दिलाएका थिए । तर खेल को ८० औ मिनेटमा नापोली ले पेनाल्टी को अबसर पाएको थियो तर उक्त पेनाल्टी लोरेन्जो इन्सिग्ने के मिस गरेपछी नापोली ले खेल बराबरी गराउने सुनौलो अबसर गुमायो । त्यसपछि खेल को इन्जुरी समय मा गोल गर्दै मोराटा ले युभेन्टस को जित पक्का गरे । यो संगै आन्द्रे पिर्लो युभेन्टस को नया मुख्य प्रशिक्षक भएपछि युभेन्टस ले पहिलो उपाधी जितेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments