युभेन्टस को जित मा रोनाल्डो को एक गोल

इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले ससुओलो लाई हराएको छ । युभेन्टस को घरेलुु मैदानमा भएको खेलमा घरेलु टोलीले ३-१ गोल अन्तरले जित निकालेको हो।

पहिलो हाफमा घरेलु टोली १० खेलाडीमा सीमित ससुओलोसँग गोल गोलरहित बराबरीमा रोकिएको थियो।दोस्रो हाफमा ड्यानिलोले युभेन्टसलाई अग्रता दिलाए। उनले खेलको ५० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

तर ५८ औं मिनेटमा ग्रेगोइर डेफ्रेलले ससुओलाका लागि गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै खेलको ८२ औं मिनेटमा आरोन रमसले गोल गर्दा युभेन्टसले फेरि अग्रता कायम गर्‍यो। र, अतिरिक्त समयमा क्रिस्टियानो रोनाल्डोले गोल थप्दै युभेन्टसको जित सुनिश्चित गरे।

जितसँगै १६ खेलबाट ३३ अंक जोडेको युभेन्टस तालिकाको चौथो स्थानमा छ। तालिकाको शीर्षस्थानमा १७ खेलबाट ४० अंक जोडेको एसी मिलान छ भने १७ खेलबाट ३७ अंक जोडेको इन्टरमिलान दोस्रो स्थानमा र ३४ अंक जोडेको रोमा तेस्रो स्थानमा छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments