बाग्मती प्रदेश को सान्त्वना जित
मेयर्स कप क्रिकेट मा बाग्मती प्रदेश ले सान्त्वना जित हात पारेको छ । टि यु क्रिकेट मैदानमा भर्खरै सकिएको खेल बाग्मती ले आर्मी लाई १० रनले हरायो । बाग्मती ले दिएको २६७ रनको लक्ष्य लिएर ब्याटिङ गरेको आर्मी २५६ मा समेटियो ।
आर्मी का कप्तान बिनोद भण्डारी ले शतक प्रहार गरेपनी टिमलाइ जित दिलाउन सकेनन । यस अघि टि यु क्रिकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको बाग्मती ले ५० ओभरमा ९ विकेट गुमाउदै २६६ रन बनाएको थियो ।
बाग्मती को लागि पारस खड्का ले ११९ रनको उत्कृष्ट पारी खेले । ११ चौका र २ छक्का को मद्धत ले उनले आफ्नो शतक पूरा गरे । त्यस्तै नन्दन यादब ले २५ बल मा ४२ रन , इसान पान्डे २६ आदिल खान ले २१ रन बनाउनु बाहेक अरुले खासै गतिलो प्रदर्शन गर्न सकेनन ।
बलिङ तर्फ आर्मी का सोमपाल कामी ले ५ विकेट लिए त्यस्तै बिक्रम सोब जितेन्द्र मुखिया र करण केसि ले १/१ विकेट हात पारे ।
यो संगै मेयर्स कप को राउन्ड रोबिन को खेल सकिएको छ । उत्कृष्ट २ मा पर्न सफल नेपाल पुलिस र एपीएफ फाइनलमा प्रवेश गरेका छन