घरेलु मैदानमै लेस्टर सिटी फुल्ह्यामसँग पराजित
इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी घरेलु मैदानमै फुल्ह्यामसँग पराजित भएको छ । लेस्टर सिटी फुल्ह्यामसँग २–१ ले पराजित भएको हो । फुल्ह्यामको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले गोल गरे ।
लेस्टरका हार्भे बार्नेसले गोल गरे । हारपछि लेस्टर १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा छ ।फुल्ह्याम ७ अंक जोडेर रेलिगेसन जोनबाट माथि उठेको छ । फुल्ह्याम १७औं स्थानमा उक्लिएको
छ ।
त्यस्तै प्रिमियर लिगको अर्को खेलमा वेष्ट ह्याम विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा वेस्ट ह्यामले एस्टन भिल्लालाई २–१ ले पराजित गरेको हो । ह्यामका लागि खेलको दोस्रो मिनेटमै एन्जेलो ओग्बोनाले गोल गरे ।
२५औँ मिनेटमा एस्टन भिल्लाका ज्याक ग्रिलेसले गोल गर्दै खेल बराबरीमा ल्याए ।दोस्रो हाफको ४६औँ मिनेटमा ज्यारोड बोवेनले गोल गर्दै वेष्ट ह्यामको जित सुनिश्चित गरे ।
जितपछि वेष्ट ह्याम १० खेलबाट १७ अंक जोड्दै पाँचौँ स्थानमा उक्लिएको छ । एस्टन भिल्ला भने ९ खेलमा १५ अंक जोड्दै तालिकाको १०औँ स्थानमा छ ।