बार्सिलोना गेटाफेसँग पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार व्यहोरेको छ। गेटाफेले बार्सिलोना विरुद्ध १-० को जित निकलेको हो।

गेटाफेका फरवार्ड जयमी माटाले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनाविरुद्ध जित निकाल्न सफल भए । बार्सिलोनाका फ्रेन्की डी जोङले डिबक्सभित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो ।

बार्सिलोनाका लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलको अवसरहरु गुमाएका थिए । लिग तालिकाको दोस्रो स्थानमा रहेको गेटाफले शीर्ष स्थानको रियल म्याड्रिडको जति नै १० अंक जोडेको छ । बार्सिलोना भने ७ अंकसहित तालिकाको नवौं स्थानमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments