रियल म्याड्रीड बिजयी हुदा एथ्लेटिको म्याड्रीड पराजित

स्पेनिस ला लिगा मा दोस्रो स्थान मा रहेको रियल म्याड्रीड बिजयी भएको छ । ब्राजिलियन मिड्फिल्डर कासिमेरोको निर्णायक गोलको मद्दतले रियल म्याड्रिडले रियल भालाडोलिडलाई १-० ले पराजित गरेको हो । रियल भालाडोलिड को घरेलु मैदान मा भएको खेल मा कासामिरोले ६५ मिनेटमा गोल गरेका थिए । टोनि क्रुस को पास मा गोल गरेका उनको लागि यो सिजनको पाचौ गोल हो । यो जित संगै रियल ले शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी तीन अंकमा झार्न सफल भएको छ । रियल ले २४ खेलबाट ५२ अंक बटुल्दै लिग तालिका को दोस्रो स्थानमा रहेको छ ।

यस्तै गएराती भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रीड भने आफ्नो घरेलु मैदानमा लेभान्टे सँग २-० स्तब्ध बन्यो । खेलको ३० औँ मिनेटमा लुइस मोरालेसको प्रहार एथ्लेटिकोका खेलाडीलाई लाग्दै गोलमा परिणत भयो भने जोर्ज डे फ्रुटोसले स्टपेज टाइममा गोल गर्दै लेभान्तेको जीत सुनिश्चित गरे ।

खेलमा एथ्लेटिकोले विपक्षीको पोष्टमा २८ पटक प्रहार गरे पनि लेभान्टे का गोलकिपर कार्डेनासले सबै प्रयास विफल बनाएका थिए । यो हार पछि २३ खेलबाट एथ्लेटिकोको ५५ अंक रहेको छ ।

त्यस्तै ला लिगा अन्तर्गत नै भएका अन्य खेलमा भ्यालेन्सियाले सेल्टाभिगोलाई २–० ले हरायो भने इल्चेले इबारमाथि १–० को जीत निकाल्यो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments