बिश्वकप छनोट मा इङ्ल्यान्ड को सहज जित

बिश्वकप छनोट अन्तर्गत गएराती सम्पन्न खेलमा इंग्ल्यान्डले अल्वानियामाथि २–० को सहज जित हात पारेको छ । इंग्ल्यान्डले अल्वानियालाई उसकै मैदानमा पराजित गरेको हो । इङ्ल्यान्ड को जितमा कप्तान ह्यारी केन र मासोन माउन्ट ले एक एक गोल गरे । विश्वकप छनोटमा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो राउन्डको खेलमा इंग्ल्यान्डले सान मारिनोमाथि ५–० को फराकिलो जित हात पारेको थियो । खेलको ३८ औं मिनेटमा कप्तान ह्यारी केनको गोलबाट अग्रता लिएको थियो । उनले लुक स को पासमा गोल गरेका थिए । त्यस्तै ६३औं मिनेटमा कप्तान केनको पासमा मासोन माउन्टले गोल गर्दै इंग्ल्यान्डलाई २–० को सहज जित दिलाए । जितसँगै समूह ‘आई’ मा इंग्ल्यान्ड २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ४ अंक भएपनि पोल्यान्ड र हंगेरी दोस्रो र तेस्रो स्थानमा रहेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments