ईन्डियन प्रेमिएर लिग (आईपीएल)२०२० आज देखि सुरु

भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ)ले हरेक वर्ष आयोजना गर्ने विश्वको सबैभन्दा ठुलो र चर्चित फ्रेन्चाइज क्रीकेट लिग ईन्डियन प्रेमिएर लिगको तेह्रऔं संस्करण आज देखि संयुक्त अरब इमिरेट्समा सुरु हुँदैछ । मार्च २९ देखि भारतमा सुरु हुनपर्ने यो प्रतियोगिता चीनको वुहान बाट सुरु भएको कोरोना भाइरस महामारीको कारणले गर्दा ६ महिना ढिलो गरि सुरु हुन लागेको हो ।

वुहान बाट सुरु भएको कोरोना भाइरस महामारीको कारणले गर्दा ६ महिना ढिलो गरि सुरु हुन लागेको हो ।  प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई ईन्डियन्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्। खेल अबुधाबीमा खेलिनेछ। खेल नेपाली समय ७:४५ बजे सुरु हुनेछ। प्रतियोगिताको प्रत्यक्ष प्रशारण स्टारस्पोर्ट्सले गर्नेछ। अनलाइनमा हटस्टारले गर्नेछ। युट्युब र फेसबुकमा प्रत्यक्ष प्रशारण हुनेछैन।

मुम्बई र चेन्नईको स्क्वाड कस्तो छ त एक पटक हेरौं :

मुम्बई ईन्डियन्स
आईपीएलको इतिहासमा सबैभन्दा सफल टिम हो । मुम्बई भारतका अर्बपति मुकेश अम्बानीको लगानी रहेको टिम सधै स्टार खेलाडीले भरिएको हुन्छ । मुम्बईमा किरोन पोलार्ड ,रोहित शर्मा हार्दिक पान्डे ,जसप्रीत बुम्रा, लासिथ मालिङा ,क्युनटन डि कक, क्रीस लिन जस्ता चर्चित खेलाडी रहेका टिम मा श्रीलंकाका महान क्रिकेटर महेला जयबर्दने मुख्य प्रशिक्षक रहेका छ्न । साबिक बिजेता समेत रहेको मुम्बईले आफ्नो पहिलो खेल चेन्नइ सुपर किङ्स संग खेल्ने छ ।

चेन्नइ सुपर किङ्स
आईपीएलको इतिहासमा मुम्बई पछिको सबैभन्दा सफल टिम हो चेन्नइ।चेन्नइले अहिलेसम्म ३ पटक उपाधी जितेको छ । भर्खर मात्र अन्तर्राष्ट्रिय क्रीकेट बाट सन्यास लिएका पुर्व भारतिय कप्तान महेन्द्र सिंह धोनी को नेतृत्वमा रहेको टिममा सेन वाट्सन, रबिन्द्र जडेजा ,ड्योन ब्राभो ,हरभजन सिंह मुरली बिजय ,इमरान ताहिर जस्ता दिग्गज खेलाडी रहेको टिमको मुख्य प्रशिक्षकमा न्युजिल्यान्डका पुर्व क्रिकेटर स्टेभन फ्लेमिङ रहेका छ्न ।  उसका स्टार ब्याट्सम्यान सुरेश रैनाले पारिवारिक कारणले गर्दा यो सिजनको आइपिल गुमाउने छ्न । त्यसको घाटा चेन्नइलाई पक्कै हुने छ तर समग्रमा हेर्दा अहिले पनि चेन्नइ उपाधीको प्रमुख दाबेदार मध्य को एक हो । चेन्नइले आफ्नो पहिलो खेल साबिक बिजेता मुम्बई इन्डियन्स सँग खेल्ने छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments