गायिका निता आचार्यको मौलिक तीज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ सार्वजनिक (भिडियो )
काठमाडौँ । हरितालिका तीज आउन करिब एक महिना बाँकी भएसंगै तीज गीतहरुको म्युजिक भिडियो निर्माण र सार्वजनिक गर्ने क्रम निकै बढेको छ ।
यस्तैमा गीतकार डी पी खनालको शब्दरचना , शंकर थापा ‘स्माइल’को म्युजिक निर्देशन र गायिका निता आचार्यको सुमधुर स्वरमा रहेको मौलिक तीज गीतमा गत बर्ष तीज पर्व मनाउन नपाएकोले यसपाली सबै मिलि तीजलाइ रमाइलो गरी मनाउ भन्ने भाव प्रस्तुत गर्दै सार्वजनिक गरिएको छ ।
नायिकाहरु शर्मिला मल्ल ,अन्जली अधिकारी र एलिशा शर्मा अभिनित तीज गीत’नाच्ने हो हिल भाँच्ने गरी’को भिडियोलाइ केशवराज भट्टको कोरियोग्राफी र निर्देशनमा तयार परिएको हो
नवराज उप्रेतीको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोलाइ गायिका निता आचार्यको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
विषम आचार्यको संगीत संयोजन रहेको यस गीतलाइ विभिन्न डिजिटल प्लेटफ़्लमहरुमा पनि सुन्न सकिन्छ ।