रेश्मा घिमिरेले गरिन प्रभात बासुसँग इङगेजमेन्ट
टिकटक स्टार रेश्मा घिमिरेले इङगेजमेन्ट गरेकी छिन्। विराटनगरको एक होटलमा रेश्मा घिमिरेले प्रभात बासुसँग इङगेजमेन्ट गरेकी हुन्। इङगेजमेन्ट समारोहमा दुवै पक्षका परिवारको उपस्थिति रहेको थियो । रेश्मा इङगेजमेन्ट गर्दै सबैलाई सरप्राईज नै दिएकी छिन्।

अमेरिकामा बस्दै आएका प्रभातसँग रेश्मा लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् । प्रभात पेशाले डाक्टर हुन् भने रेश्मा पनि नर्स हुन् । रेश्माले फिल्म ‘यो साइनो मायाको’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसपछि फिल्मीदुनियाँबाट टाढा भएकी उनले टिकटक बाट लोकप्रियता प्राप्त गरेकी हुन्। पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त छिन् ।

टिकटकबाट रातारात चर्चामा आएकी उनी जन्मथलो विराटनगरमा नै बस्ने गर्दछिन् । गएको हप्ता रेश्माको विवाहको सिरिजमा तयार भएको ‘लगनगाँठो’ एल्बमका पाँच गीत सार्वजनिक भएको थियो। रेश्मा र प्रभातको विवाहको मिति भने तय भएको छैन । रेश्मा र प्रभातलाई हाम्रो तर्फ बाट धेरै धेरै बधाई छ।