करिना कपुर खानको ४० औं जन्मदिन
बलिउड फिल्म क्षेत्रकी एक प्रतिभाशाली अनि लोकप्रिय अभिनेत्री हुन् करिना कपुर खान । करिनाको जन्म सन् १९८० सेप्टेम्बर २१ मा भारतको मुम्बईमा भएको हो ।करिनाको हजुरबुवा राज कपुर बलिउडका दिग्गज कलाकार एवम् निर्माता निर्देशक हुन् भने बुवा रन्धिर कपुर एक चर्चित अभिनेता अनि आमा बबिता कपुर चर्चित अभिनेत्री हुन् ।

बलिउडको एक सशक्त परिवार कपुर खानदानकी करिनाको बाल्यकाल फिल्मकै परिवेशमै रह्यो । करिना कपुर कि दिदि करिश्मा कपुर ले ९०को दशकमा बलिउडमा एक छत्र राज गरिन् । करिना लाई कपुर खानदानको बिरासतलाई अधिक रुपमा अगाडि बढाउने ठुलो चुनौती नै थियो ।


करिनाले सन् २००० मा फिल्म रेफ्युजीबाट बलिउडमा देब्यु गरिन् । रेफ्युजीमा करिनाको अपोजित थिए अभिषेक बच्चन । करिना र अभिषेकको नै यो पहिलो चलचित्र थियो । फिल्मले खासै राम्रो सफलता प्राप्त गर्न सकेन तर करिनाको एक्टिङले भने तारिफ नै पायो । त्यसपछि अशोका, कभि खुशी कभि गम, देव, ओमकारा, चमेलीमा काम गरिन् ।

सन् २००७ मा आएको फिल्म जब वी मेटबाट करिनाको धेरै तारिफ भयो । यो फिल्मबाट उनले थुप्रै अवार्ड्सहरु प्राप्त गरिन् । त्यसपपछि ३ इडियट्स , उड्ता पन्जाब ,बडीगार्ड , बजरङी भाईजान जस्ता फिल्मबाट पनि उनको धेरै तारिफ भयो । करिनाले ६ वटा फिल्मफेर अवर्ड्स जित्न सफल भएकि छिन्।

करिनाको लभ अफेयरको पनि धेरै नै चर्चा हुने गरेको छ। करिना र साहिदको प्रेम सम्बन्धको चर्चा पनि धेरै भयो । यो जोडी प्रेममा थिए तर यो जोडी को प्रेम टुट्न गयो । करिनाले साहिदसंग ब्रेक अप गरेपछि सेफ अलि खानसंग प्रेममा परिन् । करिना र सेफले सन् २०१२ मा विवाह गरे । सन् २०१६मा करिना र सेफको जिवनमा छोरा “तैमूर”को आगमन भयो र अहिले फेरी आमा बन्न लागेकी छिन् ।

बलिउड फिल्म जगतकी सशक्त, लोकप्रिय अनि प्रभावशाली अभिनेत्री करिना कपुर खानले आफ्नो ४० औं जन्मदिन मनाएकी छिन् । उनले आफ्नो परिवारसंग धुमधामका साथ ४० औं जन्मदिन मनाएकी छिन्।

जन्मदिनमा शूभकामना दिनेहरुलाई उनले सामाजिक संजाल मार्फत धन्यवाद व्यक्त गरेकी छिन्। करिना कपुर खानलाई हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना छ।

