श्वेता खड्काको विवाह मङ्सिर २२ गते

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । श्वेता र विजयेन्द्रले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ ।

बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।

स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले abhineta श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।

स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् । श्वेताको विवाहको खबरले केही समय देखी नै मिडियामा निकै नै चर्चा भईरहेको थियो।श्वेताले विवाह गर्ने अब भने पक्का भएको छ। श्वेता खड्कालाई हाम्रो तर्फ बाट धेरै धेरै शुभकामना छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments