आकाश श्रेष्ठ, सलोन बस्नेत र रेखा शाह फिल्म ‘हिँड्दा हिँड्दै’मा
कोरोना भाईइरसको महामारीलाई नियन्त्रणमा लिन सरकारले चैत्र महिना देखी देश्भर लकडाउन गर्यो। लकडाउनले गर्दा सबै क्षेत्र ठप्प नै रह्यो। चलचित्र क्षेत्रलाई पनि लकडाउनको ठुलो असर नै पर्यो। ६ महिनादेखि ठप्प नेपाली फिल्म इन्डस्ट्री कोरोना महामारीका कारण जारी गरिएको लकडाउन खुकुलो भएसँगै केही सुचारु हुने देखिएको छ।
लामो समय चलचित्र सम्बन्धी कुनै पनि काम नहुँदा सम्पूर्ण चलचित्र कर्मीमा एक किसिमको निराशा छाएको थियो । यसै बिच केही उत्साहका साथ चलचित्र निर्माणको घोषणा भएको छ । सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘हिँड्दा हिँड्दै’ निर्माणको घोषणा गरिएको हो ।
मिलन आले मगरले निर्देशन गर्ने यस चलचित्रमा नायक आकाश श्रेष्ठ, सलोन बस्नेतको साथमा नव–कलाकार रेखा शाह तथा विकास थापाको मुख्य भूमिका रहनेछ । दिल लामा, राजकुमार थिङ्ग र पारस गुरुङ प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई मिलन आले मगरले निर्देशन गर्दै छन् ।