रिया चक्रवर्तीले छिमेकी बिरूद्ध सीबीआइमा दिईन उजुरी

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको रहस्यमय मृत्‍यु प्रकरणमा अनुसन्धानका क्रममा उनले ड्रग्स लिने गरेको थाहा पाएपछि सो मुद्दामा अनुसन्धान गर्दा ड्रग्स केसमा सुशान्तकी प्रेमिका अभिनेत्री रिया चक्रवर्ती प्रकाउ परेकी थिन्।

प्रकाउ परेको करिब एक महिना पछी रिया जमानतमा रिहा भएकी थिन्। आफ्नो छिमेकीले झुठो बयान दिएको भन्दै छिमेकी विरद्ध रियाले सीबीआइमा उजुरी दिएकी छिन् । रियाले आफ्नी छिमेकी डिम्पल थवानीले सीवीआइलाई झुठो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिश गरेको आरोप लगाएकी छिन्।

रियाले सीबीआइको नाममा लेखेको पत्रमा आफ्नी छिमेकी डिम्पलले मिडियामा सुशान्त र आफ्नो बारेमा झुठो बयान दिएको उल्लेख गरेकी छिन् । डिम्पलले मिडियासँग कुरा गर्दै जुन १३ मा सुशान्त र रियाको भेट भएको बयान दिएकी थिइन् ।

तर, सीबीआइको छानविनका क्रममा रिया र सुशान्तवि जुन १३ मा भेट भएको खबर झुठो निस्किएको थियो । डिम्पलले मिडियासँग कुराकानी गर्दै जुन १३ को बेलुकी साढे ६ बजे सुशान्त रियालाई छाड्न उनको अपार्टमेन्टसम्म आएको बताएकी थिइन् ।

डिम्पलको बयानपछि केही मिडियाले रियामाथि मिडिया ट्रायल नै गरेका थिए । सीबीआइले छानविनका क्रममा डिम्पलको बयान झुठो निस्किएपछि उनलाई संझाएर छाडिदिएको थियो । तर, अब भने रियाले डिम्पलमाथि कारवाहीको माग गरेकी छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments