महानायक राजेश हमालले गरे प्राविधिकलाई आर्थिक सहयोग

नेपालमा कोरोना भाईरसको महमारीले गर्दा जनजीवन असमान्य भएको छ। दैनिक ज्याला मज्दुरी गरेर जिविकोपार्जन गर्नेहरुलाई अहिले धेरै नै समस्या उत्पन्न भएरहेको छ। यसैबिच महानायक राजेश हमालले कोरोना भाइरसका कारण रोजीरोटी गुमेर दैनिक जिविकोपार्जन गर्न समस्या भएका १ सय १३ जना प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

हमालले शनिवार नेपाल चलचित्र प्राविधिक संघले डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा आयोजना गरेको एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरेका हुन ।  नेपाल चलचित्र प्राविधिक संघ का अध्यक्ष पुष्कर लामाका अनुार १ सय १३ जना प्राविधिकलाई राजेश हमालले ५ लाख ६५ हजार सहयोग गरेको जानकारी दिए । कोरोनाका कारण जीवनयापन गर्न समस्या भएको अवस्थामा अभिनेता हमालबाट प्राप्त सहयोगले ठूलो राहत मिलेको प्राविधिकहरुले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments