लोकप्रिय बन्दै गरेको फुल बुट्टे सारीको पन्जाबी भर्जन
पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ दिनप्रतिदिन लोकप्रिय हुदै गएको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सबै दर्शकहरुले मन पराएका छन् । महिला तथा पुरुष दुबैले स्वर दिएको यो गीत पछिल्लो समय सर्वाधिक चर्चाको गीत बन्न सफल भईसकेको छ।
त्यसो त सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो ।मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।
यी सबै भर्सनलाई अहिले दर्शक श्रोताले निकै नै रुचाएका छन् । उक्त गीतलाई पछिल्लो समय एक अफ्रिकी गायिकाले समेत गएकी थिइन भने उक्त गीतको धेरै चर्चा समेत भएको थियो ।
अहिले सोही गीतलाई एक पन्जावी गायक लक्की सिद्धुले समेत गाएका छन् । फुलबुट्टे सारीको पन्जाबी भर्जन सन्सार भ्ल्ग प्रोडक्सनको आधिकारीक युटुब च्यानलबाट अप्लोड गरिएको छ। जुन यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै रुचाईएको छ भने उक्त गीतको भिडियोलाई ३ लाख भन्दा बढीले हेरिसकेका छन्।
संसार भ्लगको मुख्य उद्देस्य बिदेशी र नेपाली सस्कृतीलाई समावेस गरि केही गरु भन्ने रहेको छ। त्यसैले उक्त प्रडक्सनले नेपाली नै बोल्न नजान्ने पन्जाबी लकिलाई नेपाली गीत गाउन लगाएका हुन् । ती पंजाबी गायकले गाएको “फुल बुट्टै सारी”को भिडियो हेर्दा उनले नेपालीमा राम्ररी गाएका छन्। “फुल बुट्टै सारी”को पन्जाबी भर्जन अहिले लन्डन तथा भारतमा मा पनि धेरै नै लोकप्रिय भैरहेको छ।