गीतकार अमशी उर्वान राईको ‘मयुरको चालमा ‘ गीत सार्वजनिक (भिडियो)

डियो सार्वजनिक गायिका दिपा तामाङको सुमधुर स्वरमा मयूरको चालमा बोलको गीत र भिडियो सार्वजनिक भएको छ । अमशी उर्वान राईको शब्द रचना तथा संगीत संयोजन रहेको गीतमा फणिन्द्र राईको अरेन्जमेन्ट रहेको छ भने मिक्स, मास्टरिङ सुमन खड्काको रहेको छ भने पर्पल स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।

गीतको भिडीयो अमेरिकामा छायांकन गरिएको हो । भिडियोमा मनिता गुरुङ, राज राई, जेनिसा गुरुङ र रोमा राईको उत्कृष्ट अभिनयलाई देख्न सकिनेछ भने नृत्यमा एनएसकेके कृउ का वर्षा सुब्बा, शलिना सुब्बा, मोविना गुरुङ, लेस्मा गुरुङ, अलिशा सुब्बा, आयुश्मा सुब्बा, आयुशा सुब्बा, प्राप्ती गुरुङ, प्रशुना तामाङ, ज्योत्सना राई, प्रियन्शी प्रसाई, प्रसिया तामाङलाई देख्न सकिन्छ ।

भिडियोलाई अमशी उर्वान राईले निर्देशन तथा कोरियोग्राफी गरेका छन् भने सम्पादन हर्क मगर र छायांकन टिकाराम मगर, विनोद मगर, धन खालिङ, लिलेश पोखरेलले गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments