लामो समय पछी नम्रता श्रेष्ठले गरिन म्युजिक भिडियोमा कम्ब्याक
नेपाली कलाकारहरुको अहिले म्युजिक भिडियोमा क्रेज बढ्दो रहेको छ। एक पछी अर्को गर्दै अहिले कलाकारहरु म्युजिक भिडियोमा आईरहेका छन् । सोही क्रममा अहिले अभिनेत्री नम्रता श्रेष्ठ पनि म्युजिक भिडियोमा आएकी छिन् ।
कुनै समय म्युजिक भिडियोमा खुबै हिट भएकी नम्रताले धेरै नै लामो समय पछी म्युजिक भिडियोमा कमबाक गरेकी हुन्। नम्रताको कमब्याक म्युजिक भिडियो रहेको छ प्रकाश सपुत र अनिता चलाउनेको आवाजमा रहेको “फुटेको चुरा”।
नम्रताका अलावा कविता नेपालीको पनि यो म्युजिक भिडियोमा अभिनय रहेको छ। फुटेको चुरामा नम्रता र प्रकाशको जोडी देखिएको छ। म्युजिक भिडियोलाई धेरै नै मेहनतका साथ बनाइएको छ। म्युजिक भिडियो रिलिज हुन अगावै नै यो गीतमा नम्रताको लूक्सले हल्लीचल्ली मच्चाएको थियो। नम्रताले सामाजिक सन्जालमा यो गीत को केही तस्विरहरु पोस्ट गरेकी थिइन।
उक्त फोटोमा नम्रता दुलहीको भेष भुषामा निकै नै आकर्षक देखिएकी छिन् । सो फोटो आउन साथ नम्रताको सुन्दर्ता अनि पहिरनले सबैको ध्यानआकर्षण गरेको थियो। म्युजिक भिडियो मा प्रकाश सपुत र अनिता चलाउनेको आवाज रहेको छ भने गीतमा शब्द , संगीत प्रकाश सपुत कै रहेको छ। धेरै पछी नम्रताले म्युजिक भिडियोमा कमब्याक गरेकी छिन्। नम्रतालाई सफलताको शुभकामना।