ह्यापी बर्थडे नाजिर हुसेन !!

नेपाली चलचित्र क्षेत्रका एक प्रभावशाली अभिनेता हुन नाजिर हुसेन। नाजिर हुसेनको जन्म नेपालको बारा जिल्लामा भाद्र २२ गते भएको हो। नाजिर एसएलसी पास गरेर नृत्य सिक्नका निम्ती काठमाडौं आएका थिए। सोही क्रममा उनी मण्डला नाटक घर पुगे। उन्ले मण्डला नाटक घरमा नाटक सिके। नाटक सिक्दै गर्दा उन्ले चरनदास चोर नाटकमा सानो भूमिका निर्वाह गरे। उन्ले नाटकमा अभिनय गरेर नै रंगकर्मीको  रूपमा चर्चा कमाए। रंगमञ्चमा उनले खेलेका नाटकहरूमा माथा पन्चर, डिग्री माइला, चरनदास चोर प्रमुख नाटकहरु हुन। नाजिर हुसेनले चलचित्र पुन्टे परेडमा पहिलो ब्रेक पाएका थिए। चलचित्र होस्टल रेटर्न्सको रामेश्वर यादवको भूमिकाले नाजिरले चर्चा पाए।

होस्टल रिटर्न्समा नाजिरको भूमिकाले धेरै नै तारिफ पाउन सफल भयो र उनी रातारात नै स्टार भए । तेस्पछी उन्ले आफ्नो क्यारियरमा पछी फर्केर हेर्न परेन। नाजिरले होस्टल रिटर्न्स पछी वीर बिक्रम, गाठो , तिमी सँग , गरुड पुराण, राजा रानी, कागजपत्र, वीर बिक्रम २ जस्ता चलचित्रमा अभिनय गरेका छन। फिल्ममा मात्र नभएर उन्ले म्युजिक भिडियोहरु बाट पनि सफलता प्राप्त गरेका छन। नाजिरले अभिनय गरेको प्राय सबै म्युजिक भिडियो हरु हिट हुने गरेको छ ।

सबैको मनमा राज गर्न सफल अभिनेता नाजिर हुसेनले आज आफ्नो जन्मदिन मनाएका छन। नाजिरलाई जन्मदिनको शुभकामना दिनेहरुको ओेईरोनै लगेको छ। नाजिरको जन्मदिनको  विषेश शुभकामना अभिनेत्री नम्रता श्रेष्ठको रहेको छ। नाजिर र नम्रताले चलचित्र गाठोमा सँगै काम गरेका थिए। नम्रताले नाजिरलाई शुभकामना दिदै लेखेकी छिन्–‘ह्याप्पी बर्थृ डे माया, आई मिस यू’ । नम्रताले नाजिरलाई ‘माया’ भन्दै सम्बोधन गरेकी छिन् भने नाजिरलाई आफूले मिस गरिरहेको कुरा बताएकी छिन्। नम्रताको यो शुभकामना बाट नाजिर र नम्रता के प्रेममा छन र ? भन्ने प्रश्न आउछ। हुन त नाजिर र नम्रताको चलचित्र गाठोको समय देखी नै प्रेम प्रसँगको चर्चा चलेको थियो।

नाजिरलाई कलाकारदेखी लिएर फ्यानसहरुको शुभकामना आएको छ। आफुलाई शुभकामना दिने सम्पूर्णलाई नाजिरले धन्यवाद बेक्त गरेका छन । नाजिर हुसेनलाई हाम्रो तर्फ बाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ। नाजिरको हरेक काममा सफलता मिलोस हाम्रो शुभकामना छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments