उपासना सिंह ठकुरीले मनाईन २२औं जन्मदिन

अभिनेत्री उपासना सिंह ठकुरीको जन्म वि .सं .२०५५ अशोज ४ गते नेपालको दारचुलामा भएको हो। अनमोल केसी अपोजित चलचित्र क्याप्टेन बाट उपासनाले नेपाली चलचित्र क्षेत्रमा पाईला रखेकी हुन। यो फिल्म बक्सअफिसमा सफल हुन नसके पनि उनको काम रुचाइएको थियो । यही कारण अहिले हरेक निर्माता-निर्देशकको रोजाईमा उनी छिन् ।

‘क्याप्टेन’ लगत्तै उनी सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो पार्टमा अनुबन्ध भएकी थिइन् । ‘कबड्डी कबड्डी कबड्डी’ ले पनि राम्रो प्रतिकृया पायो फिल्म बक्स अफिस हिट नै भयो। कबड्डी कबड्डी कबड्डीले उपसनालाई अभिनेत्रीको रुपमा पनि पहिचान दिलायो ।

कबड्डी कबड्डी कबड्डी फिल्म रिलिज भएको एक वर्ष पूरा भएको छ । यो अवधीमा उनी कुनै फिल्ममा देखिएनन । कबड्डी कबड्डी कबड्डी पछि भने उनले रोकिएको अध्ययन पूरा गर्न एक वर्ष अभिनयबाट टाढा रहने उद्घोष गरिन् । हाल उनी विज्ञापनहरुमा देखिन थालेकी छिन्। दर्शक भने उपसनाको फिल्मको प्रतिक्षामा छन्।

नेपाली चलचित्र क्षेत्रमा अहिले मोस्ट डिमानडेड अभिनेत्रीको रुपमा रहेकी उपासना सिंह ठकुरीले आफ्नो २२ औं जन्मदिन मनाएकी छिन्। जन्मदिनमा शुभकमाना दिने सम्पूर्णलाई उनले सामाजिक सन्जाल मार्फत धन्यवाद दिएकी छिन्। उपसना सिंह ठकुरीलाई हाम्रो तर्फ बाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments