रेड वाईन बाट पल शाह ‘आउट’ पुष्प खड्का ‘ईन’

चलचित्र रेड वाइनमा अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी पक्का भएको थियो । तर, चलचित्रको छायांकन सुरु नहुँदै पल शाह चलचित्रबाट बाहिरिएका छन् ।

पल शाह बाहिरिएपछि निर्माणपक्षले नायक पुष्प खड्कालाई चलचित्रमा अनुवन्धित गरिसकेको छ । श्रोतका अनुसार, पुष्पले चलचित्र साइन गरिसकेका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काले चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए ।

चलचित्रले औषत व्यापार गरेपनि पुष्प र साम्राज्ञीको जोडीलाई दर्शकले रुचाएका थिए । पलले किन फिल्म छोडे भन्दा बुझिए अनुसार चलचित्र महिला केन्द्रित कथामा रहेको छ र पलले चलचित्रको कथा बस्तुमा परिवर्तन गर्न माग गरेका थिए। तर निर्माण पक्षसँग असम्झदारी बढे पछी पलले रेड वाईन छाडेका हुन।

रमेश एम के पौडेलको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकनका अधिकांश दृश्य नेपालमा हुनेछ । केही दृश्यको छायांकन अमेरिकामा पनि हुने cga । चलचित्रमा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments