‘चपली हाइट ३’ अब पुस ३० मा रिलिज हुने

चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन मिति फेरि सरेको छ । यसअघि पुस २ बाट सारेर १५ गते प्रदर्शन मिति पुर्‍याएको यो चलचित्र अब पुस ३० गते मात्रै रिलिज हुने भएको छ ।

शुरुमा पुस २ गतेलाई रिलिज मिति तोकेको यो चलचित्रले हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ र साउथ इण्डियन चलचित्र ‘पुष्पा’का कारण १५ गतेलाई प्रदर्शन मिति तोकेको थियो ।

आइतबार दिउँसो नेपाल चलचित्र संघको कार्यालयमा चलचित्र विकास बोर्ड, चलचित्र संघ र ‘चपली हाइट ३’ निर्माणपक्षबीच भएको छलफलमा निर्माता अर्जुन कुमार आफ्नो चलचित्रको रिलिज पछि सार्न तयार भएका हुन् । निकेश खड्काको निर्देशनमा बनेको ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, आमिर गौतम लगायतको मुख्य भूमिका रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments