कमेडी च्याम्पियन २’फागुण २१ गते देखि प्रारम्भ

‘कमेडी च्यापिम्यन’को टिमले दोश्रो सिजन प्रशारणको तयारी गरेको छ। फागुणको २१ गते अर्थात मार्च ५ गतेदेखि यो शो कान्तिपुर टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म प्रशारण हुँदैछ ।यो बर्ष पनि गतबर्षको जस्तै निर्णायकहरुमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई रहेका छन् ।

आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शोका विज्ञापनदाताहरुसँग लिखित संझौता गरिएको छ । सो अवसरमा शोका निर्देशक विशाल भण्डारीले पहिलो सिजनमा आर्थिक समस्याले आफूहरु झेलिएपनि दोश्रो सिजनमा त्यो समस्या नभएको बताए ।

उनले भने–‘पहिलो सिजनमा कतिपय कुराहरु हामीले आर्थिक अभावका कारण पुरा गर्न सकेका थिएनौ । दोश्रो सिजनमा हामीलाई यो कुराको समस्या छैन । यसैले पनि हामी धेरै सपनाहरु यसपटक पुरा गर्दैछौ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments