तेजस्वी प्रकाशले जितिन ‘बिग बोस १५’

तेजस्वी प्रकाश चर्चित रियालिटी शो ‘बिग बोस १५’को विजेता बनेकी छिन् । उनले ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ पुरस्कार पाएकी छिन् । यस्तै प्रतीक सहजपाल फस्ट रनरअप भएका छन् । अन्तिम चारमा तेजस्वी र प्रतीकसहित निशान्त भट्ट र करण कुन्द्राले स्थान बनाएका थिए ।

कार्यक्रममा ‘बिग बोस’का अघिल्ला सिजनका केही विजेताहरु पनि उपस्थित थिए । कार्यक्रममा ‘बिग बोस १३’का विजेता सिद्धार्थ शुक्लालाई टिब्युट दिइएको थियो । शेहनाज गिलले सिद्धार्थ शुक्लालाई टिब्युट दिएकी थिइन् । शेहनाज र सलमान खान केही समय भावुक पनि भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments