आँचल शर्माको आलोचकलाई जवाफ:‘म हाँसेको देखेर रिसाउनेलाई पनि लभ यू ’

पछील्लो समय नेपाली चलचित्रका अभिनेत्रीहरु विवादमा पर्ने सिलसिलानै चलिरहेको छ। कहिले वर्षा राउत, कहिले पुजा शर्मा, कहिले दिपा श्री निरौला, कहिले साम्रागी राज्य लक्ष्मी शाह त कहिले आँचल शर्मा  । अभिनेत्रीहरुको विवादको सिलसिला चलिरहेको छ। विवादमा आएपछी अभिनेत्रीहरुले माफी माग्ने पनि गरेका छन भने कुनै विवाद सहमतिमा टुङेको पनि छ।

वर्षा राउत विवादमा आंउदा वर्षाले माफी मागिन्, वर्षाले सामाजिक संजाल मार्फत माफी मागिन् र वर्षाले ऋषि धमलाको कार्यक्रम मार्फत पनि माफी मागिन् र वर्षाको तर्फबाट वर्षाको श्रीमान् संजोग कोइरालाले समेत माफी मागे । दिपा श्री निरौला महानायक विवादमा परेकी थिइन् । राजेश हमाल महानायक होइन भनेपछी दिपा श्री निरौलाको चर्को आलोचना भएको थियो । सो विवादमा राजेश हमाल स्वयंले दिपा श्रीलाई माफी गर्न आग्रह गरेका थिए । दिपा श्रीले पनि आफ्नो जन्मदिनको दिन माफी मागेकी थिइन् ।

साम्रागी राज्य लक्ष्मी शाह र भुवन के.सी. बिचको विवाद त झन् चर्को नै भयो । यो विवाद निष्कर्षमा भने अहिले सम्म पुग्न सकेको छैन। पुजा शर्मा र पत्रकार प्रकाश सुबेदी बिचको विवाद पनि उत्कर्षमा पुगेको थियो । आखिर पुजा र प्रकाशले एक आपशमा सहमति गरे र विवाद टुङ्ग्याए।

विवादकै सिलसिलामा अभिनेत्री आँचल शर्मा पनि पछी परिनन् । आँचल शर्मा पनि विवादमा आइन् । आँचलले एउटा अन्तर्वार्तामा केटाहरु पब्जी खेल्छन क्रियटिभ हुँदैन, केटीहरु टिकटक गर्छन् क्रियटिभहुन्छन भने पछी आँचलको ट्रोल हुन गयो।अधिकांश पब्जी खेल्ने युवाहरुले उनी माथि आक्रोश पोखिरहेका छन। आँचलको अन्तर्वार्ताको उक्त अंश अहिले सामाजिक संजालमा धेरै नै भाइरल भइरहेको छ । आँचलको ट्रोल भएपछी आँचलले कसरी यसलाई रियाक्ट गर्ने होला भन्ने प्रश्न थियो ।

आँचलले ट्रोल गर्नेहरुलाई म हासेको देखेर रिसाउनेलाई पनि आइ लभ यु भनेकी छिन । उनको यो लेखबाट के भाव हुन्छ भने आफ्नो मुस्कान देख्दा रिस उठ्ने मानिससँग पनि कुनै गुनासो नभएको भन्न खोजिएको छ । आँचल शर्मा भने आलोचकलाई गाली गर्नुको साटो माया दर्शाएकी छन् । उनले आलोचना गर्ने र सिर गर्ने सबैलाई माया गरेकी छन् । उनको मनमा कुनै रिसराग देखिएन।

सेलेब्रिटी भइसकेपछी आलोचना गर्नेहरुलाई नकारात्मक दृष्‍टिकोणले हेर्ने होइन, त्यसलाई सकारात्मक तरिकाले हेरेर अगाडि बढ्न पनि जरुरी रहेको छ । सायद आँचल शर्माले सोहि बाटो रोजेको हुनसक्छ। आँचलको भनाइबाट उनलाई आलोचकहरु प्रति कूनै गूनासो नभएको कुरा बुझ्न सकिन्छ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments