श्वेता खड्काको शुभ विवाह सम्पन्न
अभिनेत्री स्वेता खड्का धनगढीका व्यवसायी बिजेन्द्र सिंह रवतसँग वैवाहिक जीवनमा बाँधिएकी छिन् । मङ्सिर २२ गते को शुभ साईतमा श्वेता र बिजेन्द्रको शुभ विवाह काठमाडौंको गोकर्ण रिसोर्टमा सम्पन्न भएको छ।

विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार नगर्न पनि सक्ने उल्लेख गरेकी थिइन् ।
स्वेताले मेहेन्दी सेरेमोनीको फोटो पोस्ट गर्दै लेखेकी थिन : ‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ पकै पनि श्वेताको जीवनको नयाँ पाना सुरु भएको छ। श्वेताको जीवनको नयाँ अध्यायको लागि हाम्रो तर्फ बाट धेरै धेरै बधाई छ।
