सुदिप भण्डारीको “सोची हेर न” सार्वजनिक

लामो समय देखि संगीत क्षेत्रमा आबद्ध रहँदै आएका गायक “सुदिप भण्डारी”को स्वरमा रहेको नयाँ गीत “सोची हेर न”को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। गीतमा डि.पी खनालको शब्द रचना,शंकर थापा स्माईलको संगीत तथा सन्देश रुचालको संगीत संयोजन रहेको छ।

बाध्यता र सामाजिक जिम्मेवारी भित्रको प्रेम कथा समेटिएको भिडियोमा प्रतिभावन कलाकार : बिकाश लामिछाने र सिर्जना जिसीको उत्कृष्ट अभिनय रहेको छ। अनिल कुमार मानन्धरको छाँयाकंन तथा दिन्सन साहले सम्पादन गरेको यश भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका छन्।

डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको भिडियोका निर्माता उपेन्द्र श्रेष्ठ हुन् । गीतको म्युजिक भिडियो “डश म्युजिक नेपाल”को अफिसियल यूट्युब च्यानल मार्फत हेर्न सकिनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments