दीपिका पादुकोणको नाम ड्रग्स मुद्दामा जोडियो

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको रहस्यमय मृत्‍यु पश्चात बलिउडमा नेपोटिस्म ,ड्रग्स लगायतका मुद्दाहरु बाहिर आईरहेका छन्। नेपोटिज्मबाट सुरु भएको बहस  अहिले ड्रग्सको मुद्दामा आईपुगेको छ । ड्रग्सकै मुद्दामा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउमा परेकी छिन् ।

रिया माथि लागेको आरोपको छानविन चलिरहेको छ । ड्रग्सको मुद्दामा विभिन्न बलिउड कलाकारहरुको नाम बहिर आईरदा अहिले अभिनेत्री दीपिका पादुकोणको नाम पनि यो मुद्दामा आएको छ । दीपिकाले आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्स मागेको मेसेज बाहिरिएको छ ।

म्यासेजमा दीपिकाको कोडनेम ‘डी’ र करिश्माको कोडनेम ‘के’ प्रयोग गरिएको भारतीय मिडियाको दाबी छ । एनसीबीको टिमसम्म नायिका दीपिका पादुकोणले आफ्नी म्यानेजरसँग ड्रग्स मागेको मेसेज पुगेको छ । एनसीबीले दीपिकाकी म्यानेजरसहित ४ जनालाई आज सोधपुछका लागि बोलाएको भारतीय मिडियाले जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments