सुरक्षा पन्तको ‘स्क्विड गेम’ एक्टरसँग सेल्फी
सुरक्षा पन्त विश्व चर्चित कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिड्ने पहिलो नेपाली अभिनेत्री बनेकी छिन् ।
सुरक्षा फेस्टिभलमा आफ्ना प्रिय कलाकारसँग भेटघाट समेत गरिरहेकी छिन् । ‘फ्यान मोमेन्ट’ सेयर गरिरहेकी सुरक्षाले कोरियाका ग्लोबल स्टार लि जुङ जाइसँगको फोटो राख्दै कान्समा एसियाको उपस्थितिलाई माया दर्शाएकी छिन् ।
लि जुङ जाइ कोरियन सिरिज ‘स्क्विड गेम’ का मुख्य कलाकार हुन् ।९० वटा देशमा सबैभन्दा बढी हेरिने रेकर्ड बनाएको कोरियाली यो सिरिजले नेपालमा पनि उस्तै लोकप्रियता पाएको थियो ।
सिरिज रिलिज भएपछि यसलाई लिएर सामाजिक सञ्जालमा समेत विभिन्न बहस भएका थिए । उनी यसपटक आफ्नो निर्देशकीय डेब्यु फिल्म लिएर कान्स पुगेका हुन् । सोही अवसरमा सुरक्षाले सेल्फी लिएकी छिन् । ४९ वर्षीय लि जुङले निर्देशन गरेको स्पाइ थ्रिलर ‘हन्ट’ कान्समा छानिएपछि लि जुङले निर्देशकको रुपमा कान्समा छन् ।