उकाली को त्यो पल्लो डाडा जहाँ सुर्य उदाउछ

बरिस्ठ गायक राम कृष्ण ढकाल को स्वर मा रहेको उकाली को त्यो पल्लो डाडा नामक गितको नया म्युजिक भिडियो बजारमा आएको छ। युबा गितकार साजन श्रेष्ठ को शब्द तथा अशोक थापा को संगीत रहेको गित को म्युजिक भिडियो लाई कुमार गजुरेल ले निर्देशन गरेका हुन भने भिडियो को कथा पनि उनै गजुरेल ले तयार गरेका हुन । नेपाल मा चलेको १२ बर्से शसस्त्र द्वन्द को कथा लाई आधार मानेर निक्कै मार्मिक तरिकाले तयार गरिएको भिडियो खोटाङ जिल्ला को विभिन्न स्थान मा छायांकन गरिएको छ । भिडियो मा मोहन चाम्लिङ , शिला गजुरेल , राम के बान्तवा करण राई लगाएत का कलाकार को अभिनय रहेको छ । भिडियो छायांकन गर्दा फोर के स्तर को क्यामेरा प्रयोग भएको भिडियो का निर्देशक कुमार गजुरेल ले बताए । उक्त भिडियो लाई साइराम पिक्चर्स ले बजार मा ल्याएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments