‘श्री’को फस्टलुक सार्वजनिक

चलचित्र ‘श्री’को फस्टलुक रिलिज गरिएको छ । टेलिभिजन र युटुबमा रिलिज गर्ने तयारी गरिएको यो चलचित्रको मुख्य भूमिका सन्दिप क्षेत्री छिन् । कोरोना भाइरसको महामारीका कारण विगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर निर्देशक बोहराले फिल्म तयार गरेका हुन्।

‘भैरे’ फेम्ड निर्देशक एभरेष्ट सूर्य बोहराले ७२ घण्टामा २ घण्टा लामो फिल्म तयार पारेका छन् ।निर्देशक बोहराको जन्मदिनमा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्म निर्माणका साथै समाजसेवामा समेत सक्रिय निर्देशक बोहराले ‘श्री’ लाई समाजिक कार्यकै रुपमा लिएका छन् । फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई शिवम् अधिकारीले सघाएका छन्।

फिल्मको पोस्टरमा सन्दिप क्षेत्री, रविन्द्र झा, बर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेललगायतका कलाकार फिचर छन् । बसुन्धरा भुसाल, भोलाराज सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीको पनि अभिनय रहेको फिल्मलाई श्री पराजुली र सविता गुरुङले निर्माण गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments