आँचल शर्माले सम्झिइन् पल शाह लाई

अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको जोडी एकदमै रुचाएको जोडी हो । यि दूई जनाले नै म्यूजिक भिडीयोमा राज गरे । पल र आँचलले नाई नभन्नू ल ४ बाट ब्रेक पाएका थिए । नाई नभन्नू ल ४ले सफलता पायो र पल र आँचलको जोडी सबैलाई मन पनि पर्‍यो । त्यस्पछी यो जोडी जोनी जेन्टलम्यानमा देखिए । तर यो फिल्म बक्स अफिस फ्लप नै भयो ।

जोनी जेन्टलम्यान पछी यो जोडी शत्रू गतेमा संगै देखिएको थियो । शत्रू गते बक्स अफिस हिट नै भयो र पल र आँचलको जोडी त हिट हूने भइहाल्यो । शत्रू गते पछी पल र आँचलको फिल्ममा सहकार्य हून सकेन तर उनीहरुको जोडी म्यूजिक भिडीयोमा खूबै आए ।

उनीहरुले पचास भन्दा बढी म्यूजिक भिडियोमा काम गरे । पल र आँचलको जोडीलाई “आँप’’ जोडी भनेर पनि चिनिन्छन् । पल र आँचलका फ्यानहरुले यो जोडीको नाम “आँप’’ जोडी राखिदिएका हून् । पल र आँचललाई अन स्क्रिन हेर्दा कतै उनीहरु बिच अफ स्क्रिन पनि लभ अफेयर छ कि भन्ने भान दर्शकलाई हून्थ्यो । दर्शकहरुले यो जोडीलाई वास्तविक जीवनमा पनि कप्पलकै रुपमा हेर्न चाहेका थिए ।

तर आँचलले गत वर्ष डा.उदिप श्रेष्ठसंगको दूई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि पल र आँचलका फ्यानहरुको मन अलि टुट्यो पनि होला । आँचलले पललाई आफ्नो विवाहमा निम्तो पनि दिएकी थिइन्, तर पल भने आँचलको विवाहमा आएनन् । आँचलको रिसेप्सन पार्टी छल्न पल मूक्तिनाथ दर्शनमा गएपछी उनीहरु बिच राम्रो सम्बन्ध नरहेको अनूमान गरिएको थियो ।

तर पलले मूक्तिनाथ गएका कारण रिसेप्सनपार्टीमा सहभागी हून नपाएकोमा एक अन्तर्वार्ता मार्फत आँचलसंग माफी मागेका छन् । उनले भविष्यमा राम्रो प्रोजेक्ट बाट प्रस्ताव आए संगै काम गर्न समस्या नभएको पनि बताएका छन् ।

आँचलले पनि आफुले फिल्म निर्माण गरे अभिनेताको प्रस्ताव पललाई गर्ने बताएकी छन् । यसै बिच आँचलले पललाई सम्झेकी छिन् । उनले इन्स्टाग्राममा पलसंगका पुराना दिन सम्झिएकी छिन् ।आँचलले ‘जोनी जेन्टलम्यान’ को समयमा खिचेको एक तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन्, जसमा उनलाई पलसंग अढेस लगाएको देख्न सकिन्छ । आँचलले पलसंगको त्यो पुराना दिनहरु सम्झेकी छिन् । यो फोटो हेरेर पललाई पनि पुराना दिनहरु याद आए नै होला ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments