प्रमोद खरेलको ‘तिम्रै लागि हो भने’ मा पुष्प र गरिमा (भिडियो )

चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रै लागे हो भने’को म्युजिक भिडियो सार्वजनिक भएको छ। नवराज न्यौपानेको शब्द संगीत रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ । गीतको भिडियोलाई प्रमोद खरेलको युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो । पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले फिचारिंग गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भिडियोमा निसल पौडेलको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ । यूवा–यूवतीको प्रेमभावलाइ व्यक्त गरिएको गीतमा सर्जक नवराज न्यौपानेले पहिलो सिर्जनाबाट नै अब्बल सावित देखिने भएका छ गीतको भिडियो रिलिज संगै राम्रा राम्रा प्रतिक्रिया आउन सुरु भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments