महानायक राजेश हमालको कार्यक्रम ‘जातको प्रश्न’ विवादमा

महानायक राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेको छ । समता फाउण्डेसनले कान्तिपुर टेलिभिजनबाट प्रसारण गर्दै  आएको ‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु भएको थियो । तर कार्यक्रम हिन्दूविरोधी भएको भन्दै विरोध हुन थालेको हो । 

‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको कार्यक्रमका कारण अहिले अभिनेता हमाल पनि निसानामा परेका छन् । हमाल नायक भएर पनि कार्यक्रममार्फत उनले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दू समाजसँग माफी माग्नुपर्ने आवाजसमेत गुन्जन थालेका छन् । 

सामाजिक संजालमा कार्यक्रमको चर्काे विरोध भइरहँदा सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेनगोलामा जम्मा भएका हिन्दू समर्थकहरुले हमालको पुत्ला जलाउँदै चर्काे विरोधसमेत गरेका छन् । 

हमालले ‘जातका प्रश्न’ कार्यक्रम छाडेर हिन्दू समाजसँग माफी माग्नु पर्ने र ८० प्रतिशतभन्दा बढी हिन्दूहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी सुरु भएको कार्यक्रम तत्काल बन्द गराउनु पर्ने हिन्दू समर्थकहरुको माग छ । 

राजेश हमालको फोटोलाई दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाएकोप्रति पनि फाउन्डेसनले ध्यानाकर्षण भएको जनाएको छ । हिन्दूहरुलाई बदनाम गर्ने उद्देश्यले ‘जातका प्रश्न’ निर्माण गरिएको भन्दै विरोध हुन थालेपछि समता फाउन्डेसनले एक विज्ञप्ति जारी गर्दै कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति पूर्वाग्रह नराखेको बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments