ग्लोबल टि -20 खेल्न सन्दिप क्यानडा प्रस्थान , दिपेन्द्र भने भोलि मात्र जाने

क्यानडा मा हुने ग्लोबल टि ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न नेपाली स्पिनर सन्दिप लामिछाने क्यानडा प्रस्थान गरेका छ्न । जुलाइ २० तारिख देखि सुरु हुने प्रतियोगिता मा नेपाल को तर्फबाट सन्दिप र दिपेन्द्र सिंह ऐरी ले सहभागिता जनाउने छ्न ।

सन्दिप त्रिभुवन अन्तर्राष्ट्रिय बिमान्स्थल बाट क्यानडा को लागि हिडेपनी दिपेन्द्र भने भोली भारत को नया दिल्ली बाट क्यानडा तिर लाग्ने बताइएको छ ।

यो प्रतियोगिता खेल्न को लागि राष्ट्रिय टिम बाट नाम फिर्ता लिएका सन्दिप लामिछाने सरे ज्यागुअर बाट खेल्ने छ्न भने दिपेन्द्र मोन्ट्रीयल टाइगर्स बाट खेल्ने छ्न ।

यो प्रतियोगितामा नेपाल को तर्फबाट यसभन्दा अघि सोमपाल कामी र सन्दिप लामिछाने ले सहभागिता जनाइ सकेका छ्न भने दिपेन्द्र को लागि अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेल्न लागेको यो पहिलो अबसर हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments