त्रिकोणात्मक टि ट्वान्टी सिरिजको उपाधी नेदरल्यान्डसलाई
त्रिकोणात्मक टि ट्वान्टी सिरिज मा नेपाल नेदरल्यान्डस् संग ४ विकेट ले पराजित भएको छ । टि यु क्रिकेट मैदान किर्तिपुर मा नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। डच टोलीलाई अन्तिम ओभरमा जितका लागि केवल ७ रन आवश्यक थियो ।
विजयी टोलीका माइकल लेविटले २९ बलमा ५४ र साइब्रान्ड एंगलब्रेच्टले २९ बलमा ४८ रन बनाए। विक्रमजित सिंहले २३ बलमा २९ र म्याक्स ओदोदले २३ बलमा २२ रन बनाए। ५ बलमा दुई छक्का र २ चौका प्रहार गरेका टिम भान डर गुग्टेन २१ रनमा अविजित रहे। नेपालका कुशल मल्लले ४ विकेट लिए।
अन्तिम समयमा नेदरल्यान्ड्स दबाबमा देखिएपनि अविनाश बोहराले बलिङ गरेको १८ औँ ओभरमार्फत खेल सहज बनाएको थियो। त्यस ओभरमा डच टोलीले २१ रन जोडेको थियो। १९ औँ ओभरमा कुशल मल्लले २ विकेट लिए भने १२ रन खर्चिएका थिए।
डच टोलीलाई अन्तिम ३ ओभरमा ४० रन चाहिएको थियो। खेल को १७ ओभरमा अबिनाश बोहरा ले २२ रन खर्चिएपछी नेदरल्यान्डस् एकाएक खेलमा फर्किएको थियो ।
टि यु क्रिकेट ग्राउन्ड किर्तिपुरमा नेपाल का कप्तान रोहित पौडेल ले टस जितेर पहिलो ब्याटिङ निर्णय पछि ब्याटिङ मा आएको नेपाल ले निर्धारित २० ओभरमा विकेट ८ गुमाउँदै १८४ रन बनायो । नेपाल को लागी आसिफ शेख सर्बाधिक ४७ रन बनाए ।
ल्सन झा ३४ रन बनाउदा रोहित पौडेल २५ र कुशल मल्ल ले २५/ २५ रन र ओपनर कुशल भुर्तेल ले १० बलमा २० रन बनाउदा दिपेन्द्र सिंह ऐरी ले मात्र १ रन बनाए । बलिङ तर्फ नेदरल्यान्डस् का भान डर गुटेन र माइकल लेभिट फ्रेड क्लासन र साइब्रान्ड एङल्ब्रेटले समान २/२ विकेट लिए ।