म्यानचेस्टर सिटीको बिजयी सुरुवात

म्यानचेस्टर सिटीले प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा सिटीले वल्भसलाई ३-१ ले पराजित गरेको हो ।

वल्भसको घरेलु मैदानमा भएको खेलमा केभिन डे ब्रुएनाले २०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए । ३२औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

७८औं मिनटमा वल्भसका राहुल जिमिनेजले गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर इन्जुरी टाइममा गाब्रिएल जेससले गोल गर्दै सिटीको जित पक्का गरे । जितपछि सिटीले ३ अंक जोडेको छ । पहिलो खेल जितेको वल्भ्सको भने यो पहिलो हार हो

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments