टोटेन्ह्याम बराबरी मा रोकियो

इंग्लिस प्रिमियर लिगमा टोटनह्याम बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा टोटनह्याम उल्भ्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

उल्भ्सको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले खेलको पहिलो मिनेटमा टांगाइ डोम्बेलेको गोलबाट अग्रता लिएको थियो । तर अन्तिम समयमा सम्हालिन नसक्दा जोसे मोउरिन्हो को टिम महत्वपूर्ण ३ अंक जोड्नबाट वञ्चित भयो घरेलु टोली वुल्भ्सका लागि रोमाइन साइसले ८६ औैं बराबरी गोल गरे ।

बराबरीपछि पाँचौँ स्थानमा पुगेको टोटनह्यामको १५ खेलबाट २६ अंक भएको छ । टोटेनह्याम ले पछिल्लो चार खेल मा दुई अङ्क मात्र जोड्न सकेको छ । समान १५ खेलबाट २१ अंक जोडेको वुल्भ्स ११ औं स्थानमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments